भाइबरले ल्यायो ‘फुटबल उत्सव च्यानल’- बजार - कान्तिपुर समाचार

भाइबरले ल्यायो ‘फुटबल उत्सव च्यानल’

कान्तिपुर संवाददाता

काठमाडौँ — निजी र भ्वाइस बेस्ड कम्युनिकेसनमा चर्चित राकुटेन भाइबरले विश्वव्यापी फुटबलप्रेमीका लागि ‘गोल’ र नेपाली फुटबलप्रेमीका लागि ‘फुटबल उत्सव च्यानल’ सार्वजनिक गरेको छ । यो नेपाली फुटबलप्रेमीहरूप्रति समर्पित यस्तो च्यानल हो, जहाँ समर्थकले फुटबलमा रुचि राख्ने सबैलाई चिन्न पाउने, खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरसँग प्रत्यक्ष प्रतिक्रियात्मक गतिविधिमा सहभागी हुन पाउनेछन् ।  

भाइबरले ‘२०२२ को फुटबल अभियान’अन्तर्गत प्रयोगकर्ताहरूलाई ‘अनुमान गर्नुहोस् र जित्नुहोस्’ प्रतियोगितासमेत ल्याएको छ । यसमा च्यानलका सदस्यले गेमहरूबारे सही भविष्यवाणी गरी साप्ताहिक पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । नेपालमा भाइबरले हाइसेन्स ब्रान्डको आधिकारिक विक्रेता नवीन डिस्ट्रिब्युटर्ससँग साझेदारी गरेको बताएको छ । साझेदारीअनुसार ५ भाग्यशाली प्रयोगकर्ताले सही अनुमान गरे भाइबरका तर्फबाट नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म हाइसेन्सको ३२ वा ४३ इन्चको टीभी जित्न सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित : मंसिर १, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

मुस्ताङको मतदानस्थल हिँडेका कर्मचारी हिउँले बाटोमै रोकिए 

घनश्याम खडका,

म्याग्दी — मुस्ताङको एक मतदान केन्द्र हिँडेको मतदान अधिकृत सहितको टोली बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि रोकिएको छ । मुस्ताङ प्रहरी प्रमुख डिएसपी रवीन्द्र पौडेलका अनुसार वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न नसकेका हुन् ।

निर्वाचन कार्यालयका अनुसार उक्त मतदानस्थलमा ३५ मतदाता छन् ।

‘मुस्ताङ–डोल्पा जाने बाटोमा करिब एक किलोमिटर क्षेत्रमा बाक्लो हिउँ जमेकोले मतदान अधिकृतसमेत कर्मचारी र सुरक्षाकर्मी पुग्न समस्या भएको छ । शुक्रबार डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्‍याउने योजनामा छौं,’ डिएसपी पौडेलले भने, ‘एक हप्ताअघि मतदान केन्द्र अनुगमनमा जाँदा ठिकै थियो, अहिले हिउँ जमेछ । उच्च भूगोल हो, पर्सि फर्कंदा फेरि उस्तै बन्न सक्छ, हामी सतर्क छौं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अनुसार आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन गराउन मतदान अधिकृतहरुसहित २ सय ९६ जना कर्मचारीहरु आवश्यक मतदान सामग्री, सुरक्षाकर्मी मतदानस्थल पुगेका छन् । ‘हाम्रा सबै मतदान अधिकृत आवश्यक मतदान सामग्रीसहित तत मतदानस्थल पुगेका छन् । सबै तयारी पूरा भएको छ,’ मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले भने, ‘मतदानस्थल निर्माण र यता मतगणना स्थलको व्यवस्थापनका काम धमाधम भइरहेको छ ।’

प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाताले ३८ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिँदैछन् । निर्वाचन कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार सबैभन्दा कम वारागुङमुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गत समर आधारभूत विद्यालय मतदान केन्द्रमा ३४ जना र बढी थासाङ गापाको जनआदर्श मावि कोवाङ मतदान केन्द्रमा ६ सय ५० मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा दुर्गम लोमन्थाङ गापाको सम्जोङ मतदान केन्द्रमा ६१ जना र वारागुङमुक्तिक्षेत्र गापा, छ साङताको हिमाली आवि मतदान केन्द्रमा ३५ जना मतदाता छन् ।


प्रकाशित : मंसिर १, २०७९ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×