कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ल्डलि‌ंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको स‌ंख्या सात लाख नाघेको कम्पनीले जनाएको छ । २०५२ सालमा स्थापना भएको वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भएको छ । २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेको कम्पनीले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो ।

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिंकमा हाल पाँच हजारभन्दा बढी कर्मचारी छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिंकको इन्टरनेट सेवा पुगिसकेको विज्ञप्तीमा भनिएको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा चाँडै सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ । देशको कूल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिंकमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४‍.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?