कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

होटल र्‍याडिसनको नोक्सानी घट्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाको असर न्यून भई आर्थिक चलायमान बढेसँगै होटल र्‍याडिसनको नोक्सानी घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा खुद २०.३६ करोड नोक्सानी ब्यहोरेको ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २.४६ करोड नोक्सानी ब्यहोरेको जनाएको छ ।

होटल र्‍याडिसनको नोक्सानी घट्यो 

गत आर्थिक वर्षमा होटलको कुल आम्दानी बढेसँगै नोक्सानी घटेको हो । गत आर्थिक वर्ष होटलले ६२.२२ करोड कुल आम्दानी गरेको थियो । जबकि आर्थिक वर्ष २०७७/७८ मा १३.१२ करोड कुल आम्दानी आर्जन भएको थियो । कोभिड १९ को प्रभाव क्रमश: घट्दै जानु र पर्यटकको आगमन वृद्धि हुँदै जानाले आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ । आउने दिनमा पर्यटन व्यवसायले थप गति लिएमा कम्पनी नाफामा जान सक्ने छ । ‘दुई वर्षसम्म कोभिड १९ को प्रभावले पर्यटक आगमन नहुनुका साथै सरकारबाट जारी निर्देशन अनुसार सबै सभा, सम्मेलन, गोष्ठि, तालिम, सेमिनार, स्वीमिङ पुल, हेल्थ क्लब आदिको सेवामा लागेको बन्देजका कारण पर्यटन व्यवसाय धरासयी भएको हो’ होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : आश्विन १४, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?