कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोनपेबाट भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर कोडमार्फत भाटभटेनी सुपरमार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । यस योजनाअन्तर्गत फोनपेमार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ ।

फोनपेबाट भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने

साथै, ३५ दिनमा २० हजारजनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्नेछन् । यो भौचर फोनपे अफर एपमा आउनेछ र विजेताले हरेक दिन भाटभटेनीको अफिसियल फेशबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिनेछ । सपिङ गर्न सहज होस् भनेर फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेलाई भाटभटेनीको झोला निशुल्क दिने गरिएको छ । यो योजना कात्तिक १३ गतेसम्म लागू हुनेछ ।

त्यस्तै, फोनपेले ‘चाडबाडमा जीवन सहज बनाऊँ, नगद छोडौँ फोनपे गरौँ’ योजना पनि सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक एक लाख रुपैयाँ जित्न सक्नेछन् । यो योजना असोज १३ गतेसम्म लागू हुनेछ । क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसङका मोबाईल फोन जित्न सक्नेछन् । यसमा सहभागी हुन फोनपे अफर एपमा गई च्यालेञ्ज एसेप्ट गर्नुपर्छ ।

प्रकाशित : आश्विन १२, २०७९ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?