कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ईकमर्स/पोसमा कारोबार गर्दा एनएमबी बैंकका ग्राहकलाई छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनएमबी बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा दिने भएकाे छ । दशै‌तिहारलाई लक्षित गरी दुई हजार सम्म छुट सुविधाहरू दिइने बैंकले जनाएको छ ।

ईकमर्स/पोसमा कारोबार गर्दा एनएमबी बैंकका ग्राहकलाई छुट

बैंकले सोमबारदेखि १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ हो । इभो स्टोर, सिजी,आईएमएस स्मार्ट,हिम ईलेक्ट्रोनिक्स, योयोसो, ग्यापु (अनलाईन) र सस्तोडिल (अनलाइन) सँग सहकार्य गरेसँगै बैंकका ग्राहकले छुट पाउने भएको हो ।

बैंकका डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले क्रमशः १०% वा तीन सय रुपैयाँ क्यासब्याक र २०% वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुले ईएनएमबी एपबाट एनटिसी/एनसेल टपअपमा ३% तत्काल क्यासब्याक पाइनेछ । ईएनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १०% वा २ सय रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?