मंगलम पाइप्सको बृहत् टेक्निसियन मिट सम्पन्न- बजार - कान्तिपुर समाचार

मंगलम पाइप्सको बृहत् टेक्निसियन मिट सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार ४ सयभन्दा बढी प्लम्बर टेक्निसियनहरूको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो । अघिल्लो वर्ष उत्कृष्ट व्यवसाय गर्ने प्लम्बर टेक्निसियनहरूलाई कम्पनीले सम्मान गरेको थियो ।

सीपीभीसी पाइप्स र फिटिङ्स् उत्पादक कम्पनी मंगलम पाइप्सले काठमाडौंमा आयोजना गरेको बृहत् टेक्निसियन मिट सम्पन्न भएको छ । टार्गेट स्ल्याबअनुसार १७ जनालाई ३२ इन्चको स्मार्ट टीभी, ११ जनालाई ल्यापटप, ३६ जनालाई एक तोला सुन, ८ जनालाई डिस्कभर १२५ सीसी बाइक, ४ जनालाई पल्सर १५० सीसी बाइक, ३ जनालाई पल्सर २२० सीसी र बम्परमा ४ तोला सुन ८ जनालाई प्रदान गरिएको विज्ञप्तीमा उल्लेख छ । कार्यक्रममा मंगलम पाइपका प्रबन्ध निर्देशक अभिनव चुरिवालले उपहार हस्तान्तरण गरेका थिए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल-भारत सीमामा पर्खाल लगाउनुपर्छ : वामदेव गौतम

कमल पन्थी

बर्दिया — वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए ।

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले सोमबार कान्तिपुरसँग बोल्दै उक्त कुरा बताएका हुन् । ‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल-भारत सीमामा पर्खाल लगाउने हुने छ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा-आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

अर्को एक जिज्ञासामा उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘म बाजुन्जेल राजनीति गर्छु ।’

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूर्ण भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’

प्रकाशित : आश्विन १०, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×