रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’

कान्तिपुर संवाददाता

काठमाडौँ — यस योजनाअन्तर्गत असोज १० देखि कात्तिक १४ गतेसम्म हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना उपभोक्ताहरूलाई पुरस्कृत गरिनेछ ।

रियलमीले दसैं, तिहार र छठ पर्वको अवसरमा ‘उत्सवको बहार हरेक दिन उपहार’ योजना ल्याएको छ । असोज १० गतेबाट रियलमीक्याम्पेन्स डटकम (realmecampaigns.com) मा सुरु हुने यो योजनामा उपभोक्ताले स्मार्टफोन, टीभी, वासिङ मसिन लगायत थुप्रै उपहार जित्न सक्ने बताइएको छ ।

यसमा सहभागी हुन उल्लिखित वेबसाइटमा गएर नाम, फोन नम्बर र आफूले खरिद गरेको स्मार्टफोनको आईएमईआई नम्बर र मोडल नम्बर राखेर दर्ता गर्नुपर्छ । दर्ता गरिएका नम्बरबाट विजेता छनोट गरी हरेक हप्ता २ जनाले रियलमी सी ३० स्मार्टफोन जित्न सक्नेछन् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको फोरके टीभी जित्न सक्नेछन् । यो अफर असोज १० देखि कात्तिक १४ सम्म खरिद गरि सबै रियलमी स्मार्टफोनहरूमा लागू हुनेछ ।

प्रकाशित : आश्विन १०, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिको गैरसंवैधानिक कदम : गृहमन्त्री खाँण

माधव ढुंगाना

भैरहवा — प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई पटकसम्म पारित भएको नागरिकता विधेयक प्रमाणीकरण नगरी थन्क्याउनु राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक कदम भएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।  

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ भैरहवामा नेपाली कांग्रेसले स्थापना गरेको सम्पर्क कार्यालय सोमबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकता विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदमसमेत भएको आरोप लगाए । ‘सरकारले संविधानको पालना गर्दै पहिलोपटक राष्ट्रपतिबाट फिर्ता भएको विधेयक दुवै सदनमा छलफल गराई पास गरेर पुन: प्रमाणीकरणका लागि पठाएको हो,’ उनले भने, ‘फेरि पनि प्रमाणीकरण नहुनु राष्ट्रपतिको अलोकतान्त्रिक कदममात्रै नभएर नागरिकता पाउने नेपालीको नैसर्गिक अधिकारमाथिसमेत कुठाराघात भएको छ ।’

राष्ट्रपतिजस्तो सम्मानित संस्थाले संविधानविपरीत काम गर्नु मुलुकको लोकतान्त्रिक व्यवस्था र नागरिकले प्राप्त गरेको उपलब्धि माथिको प्रहारसमेत भएको उनले बताए ।

संविधानभन्दा माथि कोही पनि हुन नसक्ने र संविधानको पालना गर्नु सबैको दायित्व र जिम्मेवारी भएको उनले बताए ।

असंवैधानिक कदमले विधि, लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाउने दाबी उनले गरे । राष्ट्रपतिले उठाएका कतिपय विषय संविधान संशोधनबिना परिवर्तन गर्न सम्भव नभएकाले प्रमाणीकरण नगर्नुको कारण भए संविधानको धारा, उपधारासमेत उल्लेख गर्न मन्त्री खाँणले राष्ट्रपतिलाई चुनौती दिए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×