कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यती भोड्का बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — हाईल्याण्ड डिस्टिलरीले यती भोड्का सार्वजनिक गरेको छ । स्विट्जरल्यान्डको प्रविधि प्रयोग गरिएको यस भोड्का चार गुणा डिस्टिल र तीन गुणा फिल्टर गरिएको कम्पनीको दाबी छ ।

यती भोड्का बजारमा

'गोर्खाज् एन्ड गन्स्'जस्ता अल्ट्रा प्रिमियम ह्विस्की उत्पादक यस डिस्टिलरीले यती भोड्का बजारमा ल्याएको हो । नयाँ शैलीको बोतल र फंकी लेबलमा आएको छ ।‘बन्दीपुर र गोर्खाज् एन्ड गन्सको सफलतापछि हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको भोड्का उपलब्ध गराउन चाहन्थ्यौं,' कम्पनीको विज्ञप्तीमा भनिएको छ, 'यती भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम छैन ।’ यती भोड्का ७५० मिलि, ३७५ मिलि र १८० मिलि गरी ३ साइजमा क्रमशः २२००, ११०० र ५५० रुपैयाँमा किन्न सकिन्छ ।

प्रकाशित : आश्विन १०, २०७९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?