कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ई–सेवाबाट बीमा भुक्तानी गर्ने इलामका अनुपमले जिते १ लाख

काठमाडौँ — भुक्तानी प्रणाली सेवा प्रदायक ‘ई–सेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले एक लाख रूपैयाँ जितेका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ई–सेवामार्फत भुक्तानी गरेका थिए ।

ई–सेवाबाट बीमा भुक्तानी गर्ने इलामका अनुपमले जिते १ लाख

ई–सेवाले बीमीतहरूलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो । यस योजनामा बम्पर उपहार बिजेता पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले २० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

विजेताहरूलाई शुक्रबारको कार्यक्रमका ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले नगद हस्तान्तरण गरेका थिए । लखपति योजनाभर ई–सेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले जनही १ हजार रुपैयाँ जितेका थिए । ई–सेवाले हरेक हप्ता गोलाप्रथाबाट विजेता चयन गरेको थियो । नगद हस्तान्तरण कार्यक्रममा बोल्दै ई–सेवाका प्रमुख कार्यकारी सापकोटाले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजना सार्वजनिक गर्ने बताए ।

प्रकाशित : आश्विन ८, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?