कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डाईको फेस्टिभ डिलाइट अफर : ५ लाखसम्म छुट, १ वर्षको बिमा

काठमाडौँ — हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै फेस्टिभ डिलाइट योजना ल्याएको छ ।

हुन्डाईको फेस्टिभ डिलाइट अफर : ५ लाखसम्म छुट, १ वर्षको बिमा

भदौ ३० देखि सुरु भएको यस योजना अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकले गाडी खरिद गर्दा १ वर्षसम्मको नि:शुल्क बिमा पाउनेछन् । सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै नि:शुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ सोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


प्रकाशित : आश्विन २, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?