कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्प्राइटको क्याम्पेन : हरेक साता टीभी जित्ने मौका

कान्तिपुर संवाददाता

काठमाडौँ — लाइम–लेमन पेय पदार्थ स्प्राइटले प्रमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ ल्याएको छ । यस क्याम्पेनमार्फत उपभोक्तालाई हरेक घण्टा सामसङ ए०३ एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टीभी जित्ने मौका प्रदान गरिएको कोकाकोलाले जनाएको छ । 

स्प्राइटको क्याम्पेन : हरेक साता टीभी जित्ने मौका

यो योजना स्प्राइटमा मात्र नभएर कोकाकोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागू हुनेछ । यो क्याम्पेन कोकाकोला नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो भएको कम्पनीको भनाइ छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र रमाइलो तथा यादगार क्षणहरु प्रदान गर्ने प्रयासस्वरुप यो क्याम्पेन थालिएको कम्पनीले जनाएको छ ।

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताले बोतलको प्रमोसनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । वा उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलिलिटर, ५०० मिलिलिटर, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा देशभर लागू भएको छ । साउनबाट सुरु भएको यो अफर असोज ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : श्रावण ३१, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?