कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार्टर्ड एकाउन्टेन्ट्स संघ र एमएडब्लू इन्टरप्राइजेजबीच व्यापारिक सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — एक आपसको व्यापार प्रवर्द्धन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ र यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यको साथ भएको एमएडब्लूले जनाएको छ । 

चार्टर्ड एकाउन्टेन्ट्स संघ र एमएडब्लू इन्टरप्राइजेजबीच व्यापारिक सम्झौता

कम्पनीहरूसँग पारस्परिक सम्बन्ध विकास गरी ती कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सिर्जना गरी सहयोग पुर्‍याउने अभिप्रायको साथ सम्झौता भएको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए । यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलियत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक तथा स्कुटर लिन सक्ने चार्टर्ड एकाउन्टेन्ट्स संघले जनाएको छ । सीईओ क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुग्ने बताए । आगामी दिनहरूमा यस्ता सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने उनको भनाइ छ ।


प्रकाशित : श्रावण २६, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?