कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बिहीबारदेखि ‘सुपर डान्सर नेपाल’ को प्रसारण

कान्तिपुर संवाददाता

काठमाडौँ — उत्कृष्ट भारतीय टेलिभिजन रियालिटी सोलाई फ्रेन्चाइजका रुपमा नेपालमा बिहीबारदेखि ‘सुपर डान्सर नेपाल’ प्रसारण हुने भएको छ । बिहीबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजनमार्फत रियालिटी सो प्रसारण हुनेछ । यसको उत्पादन, बजारीकरण र प्रसारणको सर्वाधिकार एडी रिलिजले लिएको छ । 

बिहीबारदेखि ‘सुपर डान्सर नेपाल’ को प्रसारण

यो रियालिटी सो हरेक बिहीबार र शुक्रबार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । ‘सुपर डान्सर नेपाल’को 'जज'मा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई छन् । कार्यक्रममा को–निर्देशकको भूमिकामा भुषण दाहाल रहने छन् । देशका विभिन्न शहरहरु काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन हुनुका साथै नेपाल बाहिरका नेपालीभाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभागी गराउने उद्देश्यका साथ डिजिटल अडिसन गरिएको थियो ।


प्रकाशित : श्रावण २६, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?