कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्ल्डलिङ्कलाई मधेश प्रदेश सरकारको आईसीटी अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मधेश प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को तर्फबाट महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेश प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मान गरेको हो ।

वर्ल्डलिङ्कलाई मधेश प्रदेश सरकारको आईसीटी अवार्ड

मधेश प्रदेशमा सफल व्यवसायिक नमुना तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति थियो ।

कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा वृहत फाइबर नेटवर्क निर्माण गरी नेपालको ७५ जिल्लाहरुमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । हाल ६ लाख ४५ हजार घरधुरीलाई यस कम्पनीले इन्टरनेटमा जाेडेको दाबी गरेको छ । साथै १३ हजार भन्दा बढी स्थानहरूमा फ्री वाइफाइ सेवा उपलब्ध गराइरहेकाे वर्ल्डलिंकले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापूर्वक नेटवर्क विस्तार गरि इन्टरनेट सेवा उपलब्ध गराएकाे छ ।

प्रकाशित : श्रावण १९, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?