कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई लाख डोज भ्याक्सिन निःशुल्क ल्याइयो : हिमालय एयरलाइन्स

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिडका बेला आफ्नो विमानले चीनबाट दुई लाख डोज भ्याक्सिन निःशुल्क चार्टर उडानबाट ल्याइदिएको हिमालय एयरलायन्सले जनाएको छ । संकटको घडीमा नेपाल सरकारसँग सहकार्य गर्दै भेरोसेल भ्याक्सिनको २ लाख डोज ल्याउन २ करोड २५ लाख बराबरका चार वटा निःशुल्क कार्गो चार्टर उडान सञ्चालन गरिएको हिमालय एयरलायन्सकी ब्रान्ड विभागीय प्रमुख उज्ज्वला दलीले बताइन् ।

दुई लाख डोज भ्याक्सिन निःशुल्क ल्याइयो : हिमालय एयरलाइन्स

हिमालयले सन् २०२०–२०२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व पहल समेटिएको प्रतिवेदन बुधबार काठमाडौंमा सार्वजनिक गरेको छ ।

सन् २०२० मा देखापरेको कोभिडको प्रकोपसँगै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड कोषमा १० लाख, कोभिड अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र यात्रुलाई फिर्ता ल्याउने कार्य, विभिन्न अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका काम गरिएको दलीको भनाइ छ ।

संस्थागत सामाजिक उत्तरदायित्व ब्यानरअन्तर्गत प्रयास नेपाल नामक एक गैरसरकारी संस्थामा रहेका बालबालिकाको सपना साकार पार्न हिमालये ५ वर्षदेखि शिक्षातर्फका पाइलाहरू कार्यक्रमअन्तर्गत विपन्न बालबालिकाका लागि सघाइरहेको दलीले जनाइन् । ८ वर्षअघि चिनियाँ व्यवसायीसँगको सहकार्यमा नेपालमा स्थापित हिमालयले ४ वटा विमानबाट १० गन्तव्यमा उडान गर्दै आएको छ । यसले काठमाडौंलाई हब विमानस्थल बनाएको छ ।


प्रकाशित : श्रावण १८, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?