कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कौसी क्विन’ प्रतियोगिताका लागि आवेदन खुल्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रो काैसी क्विन प्रतियोगिताका लागि आवेदन खुलेकाे छ । शहरीकरणसँगै बढ्दै गएको फोहोरमैला व्यवस्थापनमा समेत भूमिका खेल्ने  र कौसी खेतीको प्रवर्द्धनका लागि यस्तो प्रतियोगिता हुँदै आएको छ ।  हलोखबर डटकमले आयोजना गर्दै आएको ‘कौसी क्विन प्रतियोगिता’मा भाग लिनका लागि आउँदो भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनुपर्ने छ ।

‘कौसी क्विन’ प्रतियोगिताका लागि आवेदन खुल्यो

प्रतियोगितामा सर्वोत्कृष्ट विजेतालाई छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी डेढ लाख रुपैयाँ लागत पर्ने प्लास्टिक टनेल तयार गरिदिइने आयोजकले जनाएको छ । त्यस्तै फस्ट रनरअपलाई एक लाख, सेकेन्ड रनरअपलाई ७५ हजार र थर्ड रनरअपलाई ५० हजार बराबरको कौसीमा ग्रिन हाउस निर्माण गरिने छ । प्रतियोगितामा भाग लिएबापत एक हजार बराबरको कौसी खेतीका सामग्री पनि प्रदान गरिने हलोखबरले जनाएको छ ।


प्रकाशित : श्रावण १८, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?