कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीभीएसले ल्यायो नयाँ फाइनान्स अफर 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ फाइनान्स अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले मोटरसाइकल र स्कुटर खरिदमा २० प्रतिशत डाउनपेमेन्टमै सवारी खरिद गर्न पाउने छन् ।

टीभीएसले ल्यायो नयाँ फाइनान्स अफर 

ग्राहकले टीभीएसको जुपिटरमा न्यूनतम मासिक ईएमआई ३ हजार ९०८, एनटर्क स्क्वाडमा ५ हजार २५४, अपाचे आरटीआर २०० फोरभीमा ६ हजार ८२२ रुपैयाँमै खरिद गर्न सक्नेछन् । अपाचे आरटीआर २०० फोरभीको नगद खरिदमा ग्राहकले टीभीएस रेसिङ ज्याकेट नि:शुल्क पाउने जगदम्बा मोटर्सले जनाएको छ । साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै मूल्याङ्कन गराउने कम्पनीले जनाएको छ । टीभीएसका प्रवन्ध निर्देशक दीपक रौनियारले यो योजनाले ग्राहकलाई मोटरसाइकल वा स्कुटर खरिदमा आर्थिक भार कम गर्ने बताए ।


प्रकाशित : श्रावण १५, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?