१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दरबार सिनेम्याक्समा 'एयर स्टेरिलाइजर सिस्टम' जडान

म्याग्दी — दरबारमार्गस्थित दरबार सिनेम्याक्समा कोरोना लगायत भाइरसकाे असर न्यूनीकरण गर्न एयर स्टेरिलाइजर सिस्टम जडान गरिएको छ । सिस्टम जडान सम्झौतापत्रमा दरबार सिनेम्याक्सको तर्फबाट प्रवन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयरको तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरे । 

दरबार सिनेम्याक्समा 'एयर स्टेरिलाइजर सिस्टम' जडान

गुण समूह अन्तर्गतको सिनेमा भवन दरबार सिनेम्याक्सले नेपालमै पहिलो पटक जर्मन प्रबिधिबाट निर्मित उल्फ एयर स्टेरिलाइजर जडान गरिएको दाबी गरेको छ । यसले हावामा फैलने मोल्ड, कोरोना वा इन्फ्लुएञ्जा लगायत ब्याक्टेरिया, राग, इत्यादिलाई निष्क्रिय बनाउन मद्दत गर्छ । यसले सिनेमा हलहरुमा सम्पूर्ण ब्याक्टेरिया, धुलो र गन्ध केही समयभित्रै निस्प्रभावी बनाउँछ र सिनेमाहलभित्र शुद्ध हावा सिर्जना गर्ने दरबार सिनेम्याक्सले जनाएको छ।

वैज्ञानिक रुपमा समेत सबै उमेर समूहको लागि यो उपयुक्त मानिने र हावाको गुणस्तर वृद्धि गर्ने कम्पनीका प्रबन्ध निर्देशक रोजन श्रेष्ठले बताए । उनले दरबार सिनेम्याक्स नेपालमा एयर स्टेरिलाइजर सिस्टम स्थापना गर्ने पहिलो कम्पनी भएको बताए । दरबार सिनेम्याक्सका प्रवन्ध निर्देशक दिप्रश शाक्यका अनुसार यस्तो एयर स्टेरिलाइजेसन सिस्टमले हलभित्रका दर्शककाे सुरक्षाको लागि समेत मद्दत पुग्ने बताए । उनले भने 'हलसम्म जाने दर्शकलाई कोरोनाका बेला उच्चतम सुरक्षा मापदण्डहरु कायम राख्दै सुरक्षित तुल्याउने वातावरण बनेकाे छ।'

प्रकाशित : श्रावण ५, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?