कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्नपूर्ण केबुलकारमा सानिमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने 

काठमाडौँ — सानिमा बैंक र अन्नपूर्ण केबुलकार कम्पनीबीच सोमबार छुट सम्बन्धी एक सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट खरिदमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

अन्नपूर्ण केबुलकारमा सानिमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने 

सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ । उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबुलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट लगायतसँग यस्ता सम्झौता गर्दै आएको छ । बैंकका देशभर १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा छन् ।


प्रकाशित : असार २१, २०७९ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?