कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाओमीको रेड्मी नोट ११ प्रो बजारमा

काठमाडौँ — शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रोमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीकाे दाबी छ ।

शाओमीको रेड्मी नोट ११ प्रो बजारमा

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाका अनुसार उत्कृष्ट क्यामेरा, उच्च रिजोलुसनसहितको डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीका साथ रेड्मी नोट ११ प्रो बजारमा आएको छ । रेड्मी नोट ११ प्रोमा रहेको रियर क्वाड क्यामेरा सेटअपले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ ।

पावर अपको लागिः यसमा मिडियाटेक हेलियो जी ९६ प्रोसेसर रहेको र यसको फ्ल्यागसिप ६७ डब्लु टर्बो चार्जिङले १५ मिनेटमै ५१% सम्म ब्याट्री चार्ज गरिदिने कम्पनीको भनाइ छ । ट्रेन्डी फ्ल्याट–एज डिजाइनको डिस्प्ले र डुअल सुपर लिनियर स्पिकरहरूको साथमा रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोका लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्ने जनाइएको छ । ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लु गरी तीन रंगमा उपलब्ध यी फोनको मूल्य क्रमशः ३४,९९९ रुपैयाँ र ३६,९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : असार १८, २०७९ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?