कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक लगानीको कर्मचारी बचत वृद्धि कोषमा १.५% प्रतिफल 

काठमाडौँ — नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकास कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । 

नागरिक लगानीको कर्मचारी बचत वृद्धि कोषमा १.५% प्रतिफल 

२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।


प्रकाशित : असार १२, २०७९ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?