कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

नबिल बैंकका कार्ड बाहकले कतार एयरवेजमा छुट पाउने

काठमाडौँ — नबिल बैंकका कार्ड बाहकले कतार एयरवेजको टिकट खरिदमा छुट पाउने भएका छन् । बैंक र कतार एयरवेजबीच यसबारे सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे ।

नबिल बैंकका कार्ड बाहकले कतार एयरवेजमा छुट पाउने

यस साझेदारी अन्तर्गत बिजनेस र इकोनोमी क्लासका हवाई टिकटमा १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिलाई नबिल बैंकको कार्ड पेश गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै गरिएको सहकार्यले ग्राहकलाई लाभ मिल्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए । बैंकका देशभर १५० शाखा, १८७ एटीएम र १५ सय बढी रेमिट एजेन्ट संचालनमा छन् ।


प्रकाशित : असार ५, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?