कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले २०० एमबीपीएस इन्टरनेट मासिक ९९९ रुपैयाँमा उपलब्ध गराउने भएको छ । कम्पनीले विद्यमान अल्ट्रा–फाई  लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । 

भायानेटको २०० एमबीपीएस इन्टरनेट ९९९ रुपैयाँमा

१७५ प्लस लाइभ टीभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटीभी सहितको बन्डल पनि प्रतिमहिना १ हजार १०० रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ । दुवै योजनाहरूमा ५०० थपी डुअल ब्याण्ड राउटर, नि:शुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ । योप्याकेज मार्फत भायानेटले बिनाटीभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आईपीटीभी सेवा चाहने दुवै किसिमका ग्राहकको चाहना पुरा गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी लिन चाहने ग्राहकका लागि कम्पनीले दुई ओटा भायाटीभी सहित २५० एमबीपीएस र तीन ओटा भायाटीभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता शुल्क क्रमश: प्रतिमहिना १ हजार २५० र १ हजार ५०० मा उपलव्ध गराउने भएको छ ।


प्रकाशित : जेष्ठ १०, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?