कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालय एअरलाइन्सकी डंगोलले चढिन् सगरमाथा

काठमाडौँ — हिमालय एअरलाइन्सकी वरिष्ठ उडान परिचारिका ओम्निका डंगोलसहित सगरमाथा आरोहण टोलीले मे १६ मा सगरमाथाको आरोहण गरेको छ । थामसेर्कु ट्रेक्स एन्ड एक्सपिडिसनको आरोहण टोलीसँग एअरलाइन्सकी उडान परिचारिका डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहण गरेकी हुन् ।

हिमालय एअरलाइन्सकी डंगोलले चढिन् सगरमाथा

डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छन् । हिमालयले नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ परियोजना सुरु गरेको जनाएको छ । यसै अन्तर्गत डंगोलले आरोहण गरेकी हुन् ।

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यहरूमध्ये नेपाली पर्यटन प्रवर्धन गर्नु पनि एक हो र यो परियोजना नेपालको पर्यटन प्रवर्धनमा हिमालयको एउटा सानो कदम मात्र हो । हामी यस परियोजनाको उपलब्धिका लागि टोलीलाई बधाई दिन्छौं ।’

प्रकाशित : जेष्ठ ७, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?