कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल बैंकको कर्जा प्रवाह १ खर्ब ७६ अर्ब पुग्यो

काठमाडौँ — नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उल्लेख्य वृद्धि गरेको छ । वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिदरको आधारमा नेपाल बैंक अगाडि देखिएको छ । 

नेपाल बैंकको कर्जा प्रवाह १ खर्ब ७६ अर्ब पुग्यो

असार मसान्तसम्मको तुलनामा वैशाख मसान्तसम्म नेपाल बैंकको निक्षेप २४ अर्ब ३५ करोड बढेको छ भने कर्जा ३१ अर्ब ९८ करोडले वृद्धि भएको छ । वैशाख मसान्तसम्म बैंककाे निक्षेप १ खर्ब ८७ अर्ब पुगेको छ भने कर्जा १ खर्ब ७६ अर्ब पुगेको छ । २७ वाणिज्य बैंकहरुमध्ये १९ वटाको निक्षेप वृद्धि भएको छ भने ८ वटाको कमी आएको छ ।

वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशत भन्दा बढी छ । नेपाल बैंकको सीडी रेसियो भने राष्ट्र बैंकले तोकेको सिमाभित्र नै (८९.६५ प्रतिशत) छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ । देशभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकलाई नेपाल बैंकले वित्तीय सेवा दिादै आएको छ ।


प्रकाशित : जेष्ठ ६, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?