कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिज्जा हटमा सान फ्रान्सिस्को शैलीको पिज्जा

काठमाडौँ — पिज्जा हटले सान फ्रान्सिस्को शैलीको पिज्जा उपलब्ध गराउने भएकाे छ । यसमा विशेष सस र एक्स्ट्रा भर्जिन अलिभ अयल ड्रिजलको प्रयोग गरिने भनिएको छ ।

पिज्जा हटमा सान फ्रान्सिस्को शैलीको पिज्जा

सान फ्रान्सिस्को शैलीको पिज्जालाई न्युनतम ३ सय ८९ रुपैयाँ पर्छ । यसमा भेज र ननभेज दुवै थरिका पिज्जा पाइन्छन् । यो पिज्जा बनाउन सावर डो (मुछेको पिठो)को प्रयोग गरिन्छ । यसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का र क्रिस्पी बनाउनुका साथै विशिष्ट स्वाद दिन सयोग गर्ने भनिएको छ ।

हिजोआज ह्यान्डक्राफ्टेड पिज्जाको माग बढ्दै गइइरहेकाले सान फ्रान्सिस्को शैलीको पिज्जा पहिलो रोजाइ बन्ने पिज्जा हटको अपेक्षा छ । काठमाडौँका ग्राहकले कुनै पनि एग्रीगेटरमार्फत डेलिभरीको लागि अर्डर गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ । डाइन–इन वा टेक–अवेका लागि नजिकको पिज्जा हट रेष्टुरेन्टमा जान सकिने बताइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?