कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिसहोमको क्याम्पस वाइफाइ सोलुसन, भीड हुने ठाउँका लागि उपयोगी

काठमाडौँ — डिसहोम फाइबरनेटले धेरै जना मानिस भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाइफाइ सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकमा शनिबार कम्पनीले यो प्रविधि सार्वजनिक  गरेको हो ।कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिसहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर सार्वजनिक गरे । उनले यस किसिमको प्रविधि ल्याउने डिसहोम पहिलो रहेको बताउँदै यसअघि पनि धेरै प्रविधिहरु भित्र्याइएको बताए ।

डिसहोमको क्याम्पस वाइफाइ सोलुसन, भीड हुने ठाउँका लागि उपयोगी

आचार्यले डेढ वर्षको छोटो अवधिमा डिसहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगेको बताउँदै नयाँ प्रविधि भविष्यलाई दृष्टिगत सार्वजनिक गरेको बताए । डीटीएच (डाइरेक्ट टू होम) प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविष्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उनको भनाइ छ । उनका अनुसार डिसहोमले ल्याएको क्याम्पस वाइफाइ सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट, शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुनेछ । उच्च क्षमताको यो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्छ उनले भने ।

क्याम्पस वाइफाइ सोलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाइफाइ सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । एआईले व्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेभसाइट, भिडियो अवरुद्ध हुन पाउँदैन । यसमा सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन काटिन पाउँदैन । अटो स्वीच भएर अटो कनेक्ट हुने डिसहोम फाइबरनेटका प्राविधिकहरुको भनाइ छ ।


प्रकाशित : वैशाख ११, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?