कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ 

काठमाडौँ — मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।  नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको ३५५औं बैठकले वैशाख २ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नियुक्त गरेको हो ।

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ 

विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवा श्रीबाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन् ।

मेगा बैंकको स्थापनादेखि नै नायब महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको बाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा चार बर्ष अघि मेगा बैंकको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएको हो । सोपछि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।


प्रकाशित : वैशाख २, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?