कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजारमा मंगलम् वायरसेफ

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलम् इन्डस्ट्रिजले नेपाल बिल्डकन एक्स्पोका अवसरमा मंगलम् वायरसेफ सार्वजनिक गरेको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उक्त वायरसेफ सार्वजनिक गरिन् । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा चलेको एक्स्पोमा वायरसेफ सार्वजनिक गरिएको हो ।

बजारमा मंगलम् वायरसेफ

वायरसेफ एफआरएलएस विद्युतीय कन्ड्युट पाइप घरधनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यसाथ निर्माण गरिएको कम्पनीले जनाएको छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामग्रीको साथ र सही पाइपिङ एवं प्लम्बिङ छनोट पनि उत्तिकै महत्त्वपूर्ण हुने मंगलम् इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए । त्यसमा वायरसेफ उपयुक्त रहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?