कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूआर टेलर

२ लाखसम्मको रकम भुक्तानी लिन चेक नचाहिने

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलरमार्फत सेवा दिन थालेको छ । बैंकले ग्राहकलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले माघ १० गतेबाट नै सेवा थालेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सेवाको सुभारम्भ गरे । 

राष्ट्रिय वाणिज्य बैंकमा स्मार्ट क्यूआर टेलर

मोबाइल बैंकिङ्ग सुबिधा लिएका ग्राहकले आफ्नो मोबाइलबाट बैंक काउन्टरमा उपलब्ध क्यूआर स्क्यान गरी दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने छन् । सबै शाखा कार्यालयहरुको काउन्टरमा स्मार्ट क्यूआर टेलर सेवा लागू रहेको बैंकले जनाएको छ । यसले अब सीमित कारोबरको लागि बैंकमा चेक बोकेर जानुपर्ने झन्झट हटाएको छ ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङ्गको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (यूएसएसडी) सेवाको गत माघ १० गतेबाटै सुभारम्भ गरेको छ ।हाल देशभर बैंकको २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन् ।


प्रकाशित : माघ १२, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?