कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल राउण्ड फोटोग्राफीका लागि भिभोको उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी २३ ई सार्वजनिक

काठमाडौँ — भिभोले ५० मेगापिक्सेल अटो फोकस पोट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी २३ ई सार्वजिनक गरेको छ । भी २३ ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोट्रेट विशेषताका माध्यमबाट सेल्फीमा स्पष्टता र स्थिरता प्रदान गर्दछ । यसको एआई एक्स्ट्रिम नाइट पोट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन ।  

अल राउण्ड फोटोग्राफीका लागि भिभोको उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी २३ ई सार्वजनिक

‘हामी उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित हुन्छौं र हाल सुपथ मूल्यमा सानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ’, भिभो नेपालका मुख्य कार्यकारी अधिकृत मिसेलले भने, ‘रमाइलो गर्न र आफ्ना सेल्फ पोट्रेटमा सिर्जनशीलता थप्न चाहनेहरुका लागि उद्योगकै अग्रणी फ्रन्ट क्यामरा तथा इनोभेशनले भरिपूर्ण गरी भी २३ ई को डिजाइन गरिएको हो ।’

जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको नयाँ भी२३ई पातलो र हलुका छ । यसमा अत्याधुनिक उत्पादन प्रक्रियाबाट निर्मित नयाँ डिजाइन तथा २‍.५ डीको पातलो फ्रेम राखिएको छ । नयाँ भी२३ई फनटनचओएस १२ अपरेटिङ सिस्टममा चल्दछ । भी २३ई मा एक्स्टेन्डेड र्याम २.० को सहायताले ८ जीबी प्लस ४ जीबी थप र्याम प्रदान गर्दछ । जसकारण आवश्यकता परेको बेला ४ जीबी आन्तरिक मेमोरीलाई र्यामका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसअघिका जेनेरेशनका उत्पादनहरुसँग दाँज्दा ४४ वाट फास्टचार्जको अधिकतम चार्जिङ पावर ३३ प्रतिशतले बढेको छ जसले १५ मिनेटमा १ बाट ४० प्रतिशत पुर्याउने र दिनभर प्रयोग गर्दा पनि ब्याट्री टिक्ने सुनिश्चितता थपिएको छ । नयाँ भी २३ ई मा रहेको शक्तिशाली ६४ मेगापिक्सेल नाइट क्यामराले उपभोक्तालाई उत्कृष्ट फोटोग्राफीको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

८ मेगापिक्सेलको सुपर वाइड एङ्गल तथा २ मेगापिक्सेलको म्याक्रो क्यामराको संयोजनमार्फत् यो डिभाइसले विभिन्न सेटिङमा पलहरुलाई कैद गर्न आवश्यक फरक- फरक लेन्सहरु उपलब्ध गराउँछ । भी २३ ई २४ जनवरीसम्म प्रि बुकिङका लागि उपलब्ध छ भने २५ जनवरीदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भेरियन्टको ४४ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भेरियन्टको मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : माघ ४, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?