कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दराजको नयाँ लोगो सार्वजनिक, प्रबन्ध निर्देशकमा आँचल कुँवर

काठमाडौँ — दक्षिण एसियाको ई–कमर्स प्लेटफर्म दराजले नयाँ लोगो सार्वजनिक गरेको छ ।  दराज समूहका संस्थापक तथा सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । 

दराजको नयाँ लोगो सार्वजनिक, प्रबन्ध निर्देशकमा आँचल कुँवर

दक्षिण एसियाका पाँच वटा बजारहरू पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा अब नयाँ ब्रान्ड स्थापित हुने दराजको भनाइ छ ।

'गुणस्तरीय उत्पादन र सेवाहरूको डेलिभर सुनिश्चित गर्नका लागि रिब्रान्डले मद्दत गर्नेछ', मिक्केलसनले भने । दराजका अनुसार ई–कमर्स प्लेटफर्मले एसएमई विक्रेतालाई ग्राहकहरूसँग भौतिक रूपमा जोड्ने प्रतिकात्मक संकेत नयाँ लोगोमा देखाउन खोजिएको छ । लोगोको केन्द्रमा भएको तीरले प्रगति र द्रुत डेलिभरीलाई संकेत गर्छ ।

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्ने कम्पनीले जनाएको छ ।


प्रकाशित : माघ ३, २०७८ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?