कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा आफ्नै भवनबाट सिटिजन्स बैंकका सेवा सञ्चालन 

काठमाडौँ — सिटिजन्स बैंकले जनकपुरको विद्यापती चोकस्थित आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा संचालनमा ल्याएको छ । उक्त भवनमा पूजापाठ गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कारोबार सेवा उद्घाटन गरे ।

जनकपुरमा आफ्नै भवनबाट सिटिजन्स बैंकका सेवा सञ्चालन 

करिब ३७६७ वर्गफिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो । यसअघिको विद्यापती चोकको शाखा अब करिब ३०० मिटरको दूरीमा रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाबाट ग्राहकहरूलाई प्राथमिकतामा राख्दै प्रिभिलेज काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखा मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने बैंकको लक्ष्य छ । बैंकका देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखा रहित बैंकिङ्ग इकाई सञ्चालनमा छन् । करिब १३ लाख ग्राहकले सेवा लिँदै आएको बैंकले जनाएको छ ।


प्रकाशित : माघ ३, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?