कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई विभिन्न सहुलियत 

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेसन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गरेको छ । 

वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई विभिन्न सहुलियत 

बैंकले वार्षिकोत्सवको अवसरमा माघ १ गते दखि चैत मसान्तसम्म लागू हुने गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै, डिम्याट रजिष्ट्रेसन शुल्कमा शत प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।

आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा छन् ।


प्रकाशित : माघ ३, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?