कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रिमियर स्कुलद्वारा आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौँ — ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलले विद्यालय साझेदारी शीर्षक अन्तर्गत ललितपुर महानगरपालिकाका आधारभुत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शिक्षा ऐनमा गरिएको व्यवस्था अनुसार वि. सं. २०७७ सालमा विशिष्ट श्रेणी प्राप्त गर्न सफल यो स्कुलले सहयोग प्रदान गरेको हो । 

प्रिमियर स्कुलद्वारा आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालय र सामुदायिक विद्यालयबीचको सहकार्यले बालकेन्द्रित क्षमता विकास गर्न आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापमा मद्दत पुग्ने बताए । ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजी स्तर र सामुदायिक स्तरका विद्यालयबीचमा सहकार्य हुनुपर्ने र यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने बताए ।

नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित रहेको ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको र आगामी दिनमा अरु स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको बताए ।


प्रकाशित : माघ २, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?