कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले मानवीय संकट गहिरिँदै गएको अफगानिस्तानका नागरिकका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दोबस्तीका सामग्रीहरू पठाएको छ । महासंघले उक्त सामग्री परराष्ट्र मन्त्रालयमार्फत त्यसतर्फ पठाएको हो । 

अफगानी नागरिकको सहयोगार्थ महासंघद्वारा बन्दोबस्तीका सामग्री प्रदान

महासंघ अध्यक्ष शेखर गोल्छाले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई सामान हस्तान्तरण गरेका थिए । मन्त्रालयको आग्रहमा महासंघले करिब आठ सय किलोग्राम बराबरको अत्यावश्यकीय भाँडाकुडा लगायत बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराएको हो ।

युद्धग्रस्त मुलुक अफगानिस्तानमा दैनिक उपभोग्य सामाग्रीको चरम अभावले नागरिकको दैनिकी अत्यन्त कष्टकर बन्दै गएको हुँदा जीवनयापनमा केही सहज होस भनेर महासंघले उक्त सहयोग उपलब्ध गराएको हो । नेपालबाट सहयोग सामाग्री बोकेको जाहाज आइतबार अफगानिस्तानको राजधानी काबुल उडेको छ । मुुलुकभित्र वा बाहिर समस्यामा परेका सर्वसाधारण नागरिकको सहयोगका लागि महासंघले सधै अग्रभागमा रहेर सहयोग गर्दै आएको छ ।


प्रकाशित : माघ २, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?