कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य 

काठमाडौँ — नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा कम्पनी नायब प्रबन्ध निर्देशक वैद्यलाई नै निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो । 

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार वैद्यलाई निमित्त प्रबन्ध निर्देशकमा नियूक्त गरिएको टेलिकमले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै टेलिकमले भनेको छ ‘आइतबारको पत्रानुसार मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।’

सोमबारदेखि नै उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमले स्पष्ट पारेको छ । वैद्यले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु कार्यान्वयन गर्न सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरिन् ।


प्रकाशित : पुस १९, २०७८ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?