कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छन्दसाधना पुरस्कार भट्टराई र सत्याललाई

काठमाडौँ — ‘छन्दसाधना पुरस्कार’ यस वर्ष कवि रामचन्द्र भट्टराई र सुदेश सत्याललाई प्रदान गरिएको छ । शनिबार आयोजित एक समारोहमा भाषाविद् प्रा.माधव पोखरेलले कवि भट्टराईलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ र युवाकवि सत्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार–२०७९’ प्रदान गरे ।

छन्दसाधना पुरस्कार भट्टराई र सत्याललाई

पुरस्कृत भट्टराई र सत्याललाई सम्मानपत्रसहित क्रमशः २५ हजार र १५ हजार रुपैयाँ हस्तान्तरण गरियो ।

कविद्वय रामप्रसाद ज्ञवाली र देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित ‘छन्द–तरंग काठमाडौं’ले छन्द–तरंगले २०७६ देखि हरेक वर्ष २५ हजार रुपैयाँ नगदसहितको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ प्रदान गर्दै आएकोमा यस वर्षदेखि १५ हजार रुपैयाँ नगदसहितको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ समेत थप गरी अग्रज र अनुज कविलाई समेत पुरस्कृत गर्न थालनी गरिएको हो ।

कार्यक्रममा भाषाविद् पोखरेलले कवि भट्टराईले आफ्ना कवितामा नेपाली जनताको बोली र युवाकवि सत्यालले वर्तमान युगको र युवाहरूको आवाज सम्प्रेषण गरेको ठहर गरे । उनले भने, ‘दुवै स्रष्टाहरूले नेपाली छन्द कवितालाई माथि उठाउनमा विशेष भूमिका खेल्नुभएको छ । संस्थाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको छ ।’ ज्ञवाली र नेपालको जोडीले हराउन लागेको छन्दकविता लेखनलाई विश्वव्यापीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए । पुरस्कारले छन्द कविता साधनामा सबै पुस्तालाई थप हौसला प्रदान गरेको उनको भनाइ छ ।

पुरस्कृत ८२ वर्षीय भट्टराईले पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको धारणा राखे ।

प्रकाशित : मंसिर १८, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?