कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनू घिमिरेले ल्याइन् ‘पसिनाको घर’ 

धनकुटा — कवि जुनू घिमिरेले कविता कृति पसिनाको घर प्रकासित गरेकी छिन् । उनले धनकुटामा पुस्तकलाई सार्वजनिक गरेकी हुन् ।

जुनू घिमिरेले ल्याइन् ‘पसिनाको घर’ 

सल्लेरी साहित्य संगमको आयोजना र ज्येष्ठ नागरिक संघ धनकुटा नगरपालिका–७ समितिको संयोजनमा कृतिको लोकार्पण गरिएको हो । अग्रज साहित्यकार तथा खोज अनुसन्धानकर्ता टीकाप्रसाद घिमिरे, साहित्यकार यज्ञप्रसाद गुरागाईं, शिक्षाविद् दामोदर दाहाल, गर्गाचार्य विश्वभाषा पुस्तकालयका अध्यक्ष घनश्याम बराल, जेष्ठ नागरिक संघ धनकुटा–७ समितिका अध्यक्ष बुद्धिकान्त घिमिरे, कवि घिमिरेकी आमा विमला घिमिरे, सल्लेरी साहित्य संगमका अध्यक्षलगायतले संयुक्त रुपमा विमोचन गरे ।

प्रकृति, संस्कृति, मानवीय जीवन र रहस्य, कर्तव्यप्रतिको सचेतता, राष्ट्रप्रेम, व्यंग्य, नारी अस्तित्व, युगानुकूल मानवीय चेतना, र व्यवहारलगायत भाव कवितासंग्रहमा संग्रृहीत छ ।

पहिलो कृतिले आफूलाई साहित्य सिर्जनाको भोक जगाएको कृतिकार घिमिरेले बताइन् । विद्यालय पढ्दादेखि थालनी गरेको कविता लेखनले निरन्तरता पाएको उनको भनाइ थियो ।

प्रकाशित : असार १७, २०८० १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?