अभियन्ता परियारलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — २०८० सालको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सामाजिक अभियन्ता विष्णुमाया परियारलाई शनिबार प्रदान गरिएको छ । उक्त पुरस्कार राशि १ लाख १० हजार रुपैयाँ रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![अभियन्ता परियारलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/received1193782368698702-2042024033429-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकी परियारलाई कार्यक्रममा प्रमुख अतिथिको रहेकी नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आयोजक मानव अधिकार तथा शान्ति समाजको तर्फबाट सम्मान गरिन् । उक्त पुरस्कार मावन अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका नागरिक समाजका अगुवा कृष्ण पहाडीको बाबु बद्री पहाडीको नाममा २०७६ देखि मानव अधिकार तथा शान्ति समाज खडा गरिएको हो ।
उक्त पुरस्कार मानव अधिकारअन्तर्गत पनि सामाजिक न्यायको आन्दोलनमा विशिष्ट योगदान गर्ने योद्धाहरुलाई दिँदै आइरहेको आयोजनाले जनाएको छ । पुरस्कार हस्तान्तरण गरिसकेपछि पूर्वप्रधानन्यायाशीश कार्कीले पिछडिएको स्थानबाट उडेर परियारले अहिलेको व्यक्तित्व बनाउन सफल भएको बताइन् । उनले दलितको छोरी दुर्गम पहाडमा बसेर देश–विदेशमा यसरी चर्चित हुनु नेपालकै लागि गौरवको विषय रहेको बताइन् ।
गोरखा जिल्लामा जन्मेकी परियार काठमाडौं हुँदै अमेरिका पुगेर उच्च शिक्षा हासिल गर्नुका साथै आफ्नो सामाजिक अभियानलाई पनि अघि बढाइरहेकी छन् । पुरस्कार ग्रहण गरेपछि परियारले भावुक हुँदै आफूले अन्तर्राष्ट्रिय रुपमा ५० भन्दा बढी अवार्ड पाए पनि यो पुरस्कार अहिलेसम्मकै विशेष भएको बताइन् ।
उनले कृष्ण पहाडीका बुबाको नामको पुरस्कार लिइरहँदा आफूलाई पनि आफ्ना स्वर्गवास भएका बाबु रुपबहादुर परियारको नाममा अर्पण गर्न चाहेको बताइन् । उनले सानोमा बुबाकै प्रेरणामा र पालन पोषणबाट अहिलेको अवस्थामा आएको बताइन् ।
परियारले लक्ष्य लिएर हिँड्दा बाटोमा चुनौतीहरु आउने तर अन्त्यमा पार गर्न सकिने उल्लेख गरिन् । समानता र न्यायको लागि लडाइँ रहने प्रतिबद्धता पनि परियारले व्यक्त गरिन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)