कूटनीतिज्ञ थापालाई वसुन्धराश्री र शाहलाई मानश्री पुरस्कार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार कूटनीतिज्ञ भेषबहादुर थापालाई दिने निर्णय गरेको छ । शुक्रबार प्रतिष्ठानका कुलपति दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पूर्वपराष्ट्रमन्त्रीसमेत रहेका थापालाई २०८१ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कूटनीतिज्ञ थापालाई वसुन्धराश्री र शाहलाई मानश्री पुरस्कार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/thapa-and-shah-2042024094956-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
थापा भारत र अमेरिकाका लागि नेपालका पूर्वराजदूतसमेत हुन् । थापाले आधुनिक नेपालको विशिष्ट कूटनीतिज्ञका रूपमा अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्पर्क र सम्बन्ध विस्तारद्वारा मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गरी विश्व समुदायमा नेपाल र नेपालीको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न महत्त्वपूर्ण योगदान पुर्याएको प्रतिष्ठानका सदस्य-सचिव कृसु क्षेत्रीले जनाएका छन् ।
त्यसैगरी, प्रतिष्ठानले कूटनीतिज्ञ विन्देश्वरी शाहलाई यस वर्षको मानश्री पुरस्कार दिने निर्णय गरेको छ । शाह पहिलो नेपाली महिला राजदूत हुन् । । २०४४ सालमा परराष्ट्र सेवाबाट शाह नेपालकै पहिलो महिला राजदूत (भारतका लागि) भएकी थिइन् । कूटनीतिज्ञका रूपमा शाहले अन्तर्राष्ट्रिय जगतमा नेपालको सम्पर्क र सम्बन्ध विस्तारद्वारा मुलुकको छवि र प्रतिष्ठा अभिवृद्धि गरेको पनि प्रतिष्ठानले जनाएको छ । दुवै पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)