कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार खरेलको निधन

काँकडभिट्टा — अमेरिका घुम्न गएका झापाका साहित्यकार विजय खरेलको सोमबार बिहान ३ बजे निधन भएको छ । अमेरिकाको टेक्ससमा बस्ने कान्छा छोरा प्रयास र बुहारीको बोलावटपछि गत जेठ १७ मा श्रीमती पार्वतीसहित खरेल अमेरिका उडेका थिए । 

साहित्यकार खरेलको निधन

अमेरिका पुगेको केही दिनपछि पिसाबमा संक्रमण भई कडा ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । पारिवारिक सदस्य तथा आख्यानकार पुण्यप्रसाद खरेलले भने,‘पिसाबको संक्रमण शरीरभर फैलिएर मुटु, फोक्सो, कलेजमा असर पुगेको र त्यही निहुँमा उहाँको निधन भयो ।’ खरेलका अनुसार अमेरिका घुमघामलाई समेटेर संस्मरण कृति प्रकाशित गर्ने उनको धोको थियो ।

२००३ सालमा काँकडभिट्टामा जन्मिएका खरेल २०६० को दशकदेखि साहित्य लेखनमा सक्रिय थिए । उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका १५ वढी कृति प्रकाशित छन् । यो वर्ष मात्रै उनका तीन कृति प्रकाशित भएका थिए । जसमा ‘झर्रा शब्दहरुको संग्रह’ नामक कृति प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो ।

प्रकाशित : असार १८, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?