कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन विधामा ७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौँ — अपांगता भएका व्यक्तिहरूको ३१औं अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आज तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार पुरस्कार घोषणा गरिएको छ ।

तीन विधामा ७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई प्रदान गरिने भएको हो । यस्तै, अन्तर्दृष्टि हातेमालो पुरस्कार काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई प्रदान गरिने भएको छ । त्यस्तै, अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार हिमालखबरमा कार्यरत पत्रकार अनिता भेटवाललाई प्रदान गरिने भएको छ।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार रुपैयाँ, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार रुपैयाँ र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रु. १० हजार रहेको छ ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको पुरस्कारका संयोजक होमनाथ अर्यालले जनाएका छन् । ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता’ पुरस्कारको निर्णय भने समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको छनोटका आधारमा गरिएको पुरस्कार समितिले जनाएको छ ।

सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?