कवि कृष्ण जोशीको निधन
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — गीत, कविता र उपन्यास लेखनमा विशिष्ट नाम बनाएका स्रष्टा कृष्ण जोशीको ८३ वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कवि कृष्ण जोशीको निधन](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/krishna-joshi-29112022051701-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
कवि जोशीका निकटस्थ कवि प्रद्युम्न जोशीका अनुसार सोमबार बिहान मात्रै स्वास्थ्यमा केही समस्या देखिएपछि काठमाडौं मोडेल अस्पतालमा उपचारार्थ लगिएका जोशीको मध्यरातमा निधन भएको हो । उनको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
भोजपुरमा जन्मिएका कवि जोशी ‘मृत्यु दोहोरिन्छ, म बाँचे भने’ उपन्यास(२०३४) लेखनबाट साहित्यिक जगतमा चिनिन थालेका थिए । उनका ‘विसङ्गत स्वरहरु’, ‘पोखरीभित्रको शताब्दी’, ‘आगो समुन्द्र : पानी समुन्द्र’, ‘चित्रदंश’, ‘ज्यामीपत्नीको घोषणा’ लगायतका कविता संग्रह र ‘असम्मत सम्मत’, ‘काठमाडौं वरिपरि’ उपन्यास समेत प्रकाशित छन् ।
वासु शशी साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष जोशी व्यथित काव्य पुरस्कार, भानुभक्त पुरस्कार, भोजपुरे सेवा समाज साहित्य सम्मान आदिबाट सम्मानित छन् । कवि जोशीका श्रीमती र ४ छोरा रहेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)