२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

पहिचान पुरस्कारका लागि ६ पुस्तकको सूची सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको पहिचान पुरस्कारका लागि ६ वटा कृतिको सूची छनोट गरिएको छ । पहिचान पुरस्कार कोषले मंगलबार ६ पुस्तकको सूची सार्वजनिक गरेको हो ।

पहिचान पुरस्कारका लागि ६ पुस्तकको सूची सार्वजनिक

कोषका अनुसार २०७८ सालमा प्रकाशित कृतिहरूमध्येबाट वसन्त बस्नेतको 'महाभारा', केशव सिलवालको 'चिबेचरा', कविता राईको 'गुरु', अर्जुनबाबु माबोहाङ र अमित थेवेको 'सिरिजंगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट', दिलीप बान्तवाको 'ताल्चा' र मालीका केशरीको 'दुङाल' अन्तिम सूचीमा परेका हुन् ।

गत वर्ष श्याम साहको 'पथेर' र अनन्त वाग्लेको 'कदम' ले संयुक्त रूपमा पहिचान पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको छ । पुरस्कार घोषणा पुस महिनामा हुने कोषले जनाएको छ ।

यसअघि राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’, यज्ञशको ‘भुइँया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।

प्रकाशित : आश्विन २५, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?