कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोर्खालीहरू एकै ठाउँमा रमाए

दीपेन्द्र शाक्य

संखुवासभा — नेपाल–भारत सद्भाव भ्रमण–२०२२ को नारा लिएर ४३ जनाको गोर्खाली टोली सदरमुकाम खाँदबारीमा देखिए ।

गोर्खालीहरू एकै ठाउँमा रमाए

कार्वी कुर्फो आमाईको पहल र मकालु साहित्यिक समाजको आयोजनामा भारत गोर्खाल्यान्ड असमका गोर्खालीहरु खाँदबारी आएका हुन् । उनीहरुले नेपाली भाषामा लेखिएको कथा र कविताको पुस्तक विमोचन गर्न र साहित्य चर्चा तथा सांस्कृतिक विनिमय पनि गरे । भारतीय नागरिक विष्णु निरौलाको कविता संकलन हिमाल बोक्ने रहर र रण काफ्लेको नेपाली लघुकथा संग्रह लीला र तारावबहादुर बुढाथोकीको बाउ पुस्तक विमोचन गरिएको थियो । मायाको चिनोस्वरुप आयोजक मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले जिल्लामा उत्पादन अल्लो कपडा, चैनपुरे करुवा लगायत विभिन्न जातजातिको भेषभूषा समेत आदान–प्रदान गरे ।

भारतमा रहेर पनि नेपाली भाषा साहित्य कला संस्कृति र गीत संगीतमा रुचि राख्ने, नेपाली भाषामा तीजको गीत गाउने र नेपालीहरुसँगै छमछम नाच्ने दृश्य उनीहरुले देखाए । संस्कृति आदानप्रदान र कुराकानीमा दुवै देशका गोर्खालीहरुको आँखा रसाएका थिए । खासगरी नेपाली, अंग्रेजी र हिन्दी गरी ३ प्रकारका भाषामा साहित्य प्रस्तुत गरियो । दुवै देशका गोर्खालीको भेषभूषा आदानप्रदानले को कुन देशको नागरिक भनेर छुट्याउन सहज थिएन । संस्कृति र अनुहार मिलेको कारण एउटै कोठामा भेला भएका टाढाटाढाका गोर्खालीहरु एउटै घरपरिवार जस्तै देखिएका थिए ।

आफ्नै भेषभूषामा रहेका नेवा: देय दबु र शाक्य समाज खाँदबारीले झाँकीसहित लाखेनाच प्रदर्शन गरेको थियो । कार्यक्रममा विभिन्न जाति विशेष पोसाकमा सजिएका समुदायका ससाना झाँकीहरु प्रदर्शन भयो । गोर्खालीहरुले जुन देशमा रहेर बसे पनि कार्यगत एकता, भेटघाट र संस्कृति आदानप्रदान गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

प्रकाशित : भाद्र १३, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?