२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

‘अग्नि’लाई लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार

काठमाडौँ — लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार यो वर्ष साहित्यकार डा. नवराज लम्सालको महाकाव्य 'अग्नि' लाई प्रदान गरिने भएको छ ।

‘अग्नि’लाई लालबन्दी नगर वाङ्मय भाषा तथा साहित्य पुरस्कार

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि उल्लेख्य योगदान पुर्‍याएको भन्दै परिषद्ले ‘अग्नि’ महाकाव्यलाई पुरस्कार प्रदान गर्ने जनाएको हो ।

५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार डा. लम्सालको ‘अग्नि’ लाई दिने परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डा. लम्सालको ‘अग्नि’ महाकाव्य मदन पुरस्कार र पद्मश्रीको उत्कृष्ट सूचीमा समेत परेको छ । लम्सालका कर्ण, धरा र अग्नि ३ महाकाव्य सहित ८ पुस्तक प्रकाशित छन् ।

डा. लम्सालको ‘अग्नि’ महाकाव्यलाई सुदूरपश्चिम साहित्य समाजले यसअघि नै एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित २०७८ को पुरस्कार घोषणा गरिसकेको छ ।

परिषद्ले १० हजार रुपैयाँ राशिको लालबन्दी नगर वाङ्मय स्थानीय प्रतिभा पुरस्कार–२०७९ सर्लाही लालबन्दीका क्षितिज विश्वकर्मालाई दिइने जनाएको छ ।

प्रकाशित : भाद्र ४, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?