कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा कलिंगा साहित्य उत्सव हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा स्थापित रहेको कलिंगा साहित्य उत्सवको पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडौंमा हुने भएको छ । ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि उक्त उत्सव हुँदै आएको छ ।

काठमाडौंमा कलिंगा साहित्य उत्सव हुने 

कलिंगा साहित्य उत्सवका संस्थापक निर्देशक रश्मीरञ्जन पाण्डेले भुवनेश्वरपछि पहिलो पटक काठमाडौंमा फेस्टिभल आयोजना गर्न लागिएको बताए । आगामी १५ र १६ अक्टोबरमा कार्यक्रम हुनेछ ।

उनले काठमाडौंमा हुने फेस्टिभलमा भारत र नेपालका साहित्य क्षेत्रका व्यक्तिको सहभागिता रहने बताए । भारतबाट कम्तीमा ३० जना प्रसिद्ध लेखकको सहभागिता रहने उनले बताए । ‘नेपालका ७० र भारतका ३० प्रतिशत वक्ताहरूको सहभागिता रहने गरी कार्यक्रमको डिजाइन गर्दैछौं,’ उनले भने ‘फेस्टिभलको छलफल र बहसको मुख्य विषय नेपालको कला संस्कृति र साहित्य रहने छ ।’ नेपालमा हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा फेस्टिभल गर्न लागिएको पाण्डेले जानकारी दिए ।

फेस्टिभलले नेपाल र भारतबीचको साहित्य, संस्कृति, धार्मिक गातिविधि सबैलाई थपनजिक ल्याउन सहयोग पुर्‍याउने अपेक्षा राखिएको पाण्डेले बताए । साथै नेपाली लेखक र सहित्यलाई अन्तर्राष्ट्रिय प्रचारको अवसरसमेत मिल्ने उनले उल्लेख गरे ।

प्रकाशित : श्रावण २५, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?