कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिम्रनले ल्याइन् 'झुमर'

रमेशकुमार पौडेल

चितवन — सिम्रन क्षेत्रीको उपन्यास 'झुमर' सार्वजनिक भएको छ । साहित्यकार एलबी क्षेत्रीले शनिबार गैंडाकोटमा आयोजना भएको कार्यक्रममा उपन्यास विमोचन गरे । 'झुमर' सिम्रनको पहिलो कृति हो । 

सिम्रनले ल्याइन् 'झुमर'

उपन्यासबारे टिप्पणी गर्दै समीक्षक लक्ष्मी बरालले झुमरले नारी अस्तित्वलाई कथा बनाएर महिलामाथि हुने छलकपटविरूद्ध आवाज उठाएको बताए । अर्का वक्ता भुपिन खड्काले झुमर नक्कली प्रेमको सक्कली कथा भएको बताए ।

प्रेमको सुन्दरतामा बाधा हाल्ने तत्वबारे उपन्यासले उत्खनन् गरेको खड्काले बताए । आवरण आकर्षक र अन्त्य उत्कृष्ट रहेको खड्काले सुनाए ।

प्रकाशित : असार ११, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?