कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौँ — राजनीतिज्ञ तथा समाजसेवी अटलमान राईको वार्षिक पुण्यतिथिको अवसरमा ‘अटलमान राई स्मृतिग्रन्थ’सार्वजनिक भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र राईपत्नी शोभा राईले सार्वजनिक गरेका हुन् ।

अटलमान राईको स्मृतिग्रन्थ सार्वजनिक

खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ मा २००८ सालमा जन्मिएका राईले राजनीतिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । उनको २०७८ असार ४ गते हृदयघातबाट निधन भएको थियो ।

स्मृतिग्रन्थमा बाल्यकाल, समाजसेवा, राजनीति, व्यवसाय र विविध गरी ५२ लेखहरु समावेश छ । राई युवा कालमा केही वर्ष नेपाल प्रहरी सेवा गरेका थिए । त्यसपछि नेपाल राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक सदस्य रहेर राजनीतिमा संलग्न रहेका उनी कुनै लाभको पद भने लिएका थिएनन् । इलाममा श्रीअन्तु चिया उद्योगका सञ्चालक राईले नेपालको चिया प्रवर्द्धनमा स्वदेश तथा विदेशमा महतत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राईको राजनीतिक योगदानबारे मन्त्री भुसाल, राष्ट्रिय सभाको सदस्य सुरेश आले मगर, काग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा, गीतकार बुद्धबीर लामा, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, भाषाशास्त्री डा. नेत्रमणि दुमी राईलगायतले चर्चा गरेका थिए ।

प्रकाशित : असार ६, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?